संगीहरुको हुलमा हुदा मलाई उसले डाकेपछि ।
के गरु म रातो गुलाफ मेरै सामु राखेपछि ।
उम्काउनलाई प्रयास मैले नगरेको होइन,
कति गरु अस्वीकार गर्दा गर्दै थाकेपछि ।
उसका पछि लाग्ने पनि थिए होलान् कति कति,
गल्दै गए नजर बाडले मलाई मात्र ताकेपछि ।
उ मेरो अनि म उसकै लागी जन्मेको रे
हार खाए मलाइ पाउन देवी देवता भाकेपछि ।
फलाम होइन मेरो मन पगाल्नलाइ आगो चाहिने
विवश भए उसको माया जालले मलाइ ढाकेपछि ।
शनैः शनैः छहारीको अभाव दुख्न थाल्यो
गरें स्वीकार म मा पनि मायाको बेल पाकेपछि ।
- आस्था दाहाल
No comments:
Post a Comment