Monday, October 5, 2009

तिमीनै हौ..............................

तिम्रो आँशु देखीदेखी दिलखोली हाँसूँ म कसोरी?

पिर ब्यथा बुझीबुझी दिलखोली नाचूँ म कसोरी?

तिमी हाँस्दा सब हाँस्छन् रूँदा रून्छन् नाता यो गजब्को

नाता यस्तो तोडीतोडी नयाँ नाता गाँसूँ म कसोरी?

मेरो आँखा भनूँ या भाका सबका सब तिमी नै हौ

तिम्रो पूजा छोडीछोडी देउता अरू पुजूँ म कसोरी?

मेरो तन भनूँ या मन जे भने पनि तिमी नै हौ

कुल आफ्नो भुलीभुली अन्तै कुल खोजूँ म कसोरी?

तिम्रै काखमा छ मायाको खानी र वर्षा अमृतको

स्वर्ग यस्तो छोडीछोडी अर्कै स्वर्ग खोजूँ म कसोरी?

अभिमन्यु बस्याल (सन्तोष)

No comments:

Post a Comment