तिमीकन आफ्ना सारा, कथा भन्न सकिएन ।
हृदयका मर्म मेरा, व्यथा कन्न सकिएन ।।
तिम्रा लागी म त केवल, बलुवाको कण भएँ ।
आकाशमा चम्कने ती, तारा बन्न सकिएन ।।
बुढो वृक्ष सरी मेरो, मुटु भरी बेदना भो ।
पिरतिमा कोमल मन, पीडा धान्न सकिएन ।।
भावनाका पातहरु, कती सुकी झरी गए ।
रूख-मनी छरीएका, लता गन्न सकिएन ।।
देह मेरो जड भयो, आत्मा कतै उडी गयो ।
सोँच बिना जीवन यो, जीउँदो मान्न सकिएन ।।
मरिसकें तर पनि, बाध्यता यो रित भयो ।
धड्कनको धक्धकले, चिहान खन्न सकिएन ।।
-दिपेश श्रेष्ठ
No comments:
Post a Comment