Monday, October 5, 2009

थियौ साह्रै सोझी कलेज पढ्न !!!

थियौ साह्रै सोझी कलेज पढ्न काठमाडौंमा आकी तिमी
राम्री थियौ साह्रै लामो-लामो कुर्ता सुरुवाल लाकी तिमी!

कती छिटो बितिसकेछन दिनहरु आजकाल कती ठुलि भाकी तिमी
बिर्सिएछौ आतितहरु लत्याएर गाउघरलाई रेस्टुरांमा धाकी तिमी

टन्नै रहेछन साथीहरु boys-friend भन्दै अंगालो लाकी तिमी
ति म्रीगनयनी आँखा कालो चस्माले ढाकी चिन्नै नसक्ने भाकी तिमी

office भन्दै night duty ठमेलतिर डान्स बार धाकी तिमी
जानी नजानी whisky को तालमा English गीत गाकी तिमी

साह्रै राम्रो पहिरन रहेछ एक भिताको मिनिस्कट लाकी तिमी
हातमा चुरोट साथमा नभनौ एकाबिहानै कताबाट आकी तिमी
-ज्ञानु पन्त

No comments:

Post a Comment