Monday, October 5, 2009

No Topic 1

खै अरुकोमा कसरी आउँछ दशैं त्या’र मेरोमा त जमेर आउँछ

हरसाल लोकल बिजुलीपानीको झट्का बनी रोमरोममा छाउँछ

बढी भोल्टेज दिने सिलवाला पिउने पिलाउने बानी छैन क्या मेरो

भुन्टेकी आमाले दे’की दुई घुट्कोसँगै मेरो गलाले मालश्री गाउँछ

लोकल भन्या लोकलै हो त्यो त खाने अन्नबाट बन्या झोल पो हो त

ठर्राकोजस्तो झर्रो मजा सिलवाला एसिडको घोलमा खोजेर काँ’ पाउँछ ?

No comments:

Post a Comment