Monday, October 5, 2009

No Topic 2

उदास तिमी किन छौ मनको घाउ बल्झ्यो कि?

गहमा आँशु भरेर गलामै शब्द अल्झ्यो कि?

दुख्यो कि त मन सारै रोएर तिमी थाकेनौ

फुकाउँ भन्दा झनै पो उल्झनहरू उल्झ्यो कि?

नरूनु धेरै अब त रोएर काम बन्दैन

पुछेर आँशु सोच त उपाय कुनै सुल्झ्यो कि?

No comments:

Post a Comment